विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमालेले थप्यो बिभाग, अन्य आठ वटा निर्णय

455
shares

काठमाडाैं | नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक विभिन्न ८ वटा निर्णय गर्दै सम्पन्न भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले चुनावी घोषणापत्र पारित गर्ने सहित विभिन्न ८ वटा निर्णय गरेको हो।

बैठकपछि प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बैठकले चुनावी घोषणापत्र पारित गरेको जानकारी दिए । घोषणापत्र तयारी समितिले आफ्नो रिपोर्ट पेश गरेको र सोलाई बैठकले पारित गरेको उनको भनाइ छ । ‘पार्टीले स्थानीय तह निर्वाचनको क्रममा घोषणापत्र मस्यौदा तयारी समिति जुन बनाएको थियो । सो समितिले आफ्नो अन्तिम रिपोर्ट पेश गरेको छ र वैशाख ३० गतेको चुनावलाई केन्द्रीय कमिटीले तयार गरेको घोषणापत्र आज तयार भएको छ’, बैठकपछि गुरुङले भने । घोषणापत्र वैशाख ९ गते सार्वजनिक गर्ने एमालेको तयारी छ।

बैठकले १२ वटा विभाग थप गरेको छ। बैठकले हाल कायम रहेको विभागमा १२ विभाग थप गर्ने निर्णय भएको गुरुङले जानकारी दिए । यस्तै सल्लाहकार परिषद्को आकार पनि बढाउने निर्णय गरेको छ । हाल कायम रहेको १७३ सदस्यीय सल्लाहकार परिषद्मा १०५ जना थपेर २७८ जना बनाइएको गुरुङले जानकारी दिए । सल्लाहकार परिषद्को सिफारिसलाई बैठकले अनुमोदन गरेको हो। यस्तै सम्पर्क समन्वय कमिटीमा ५१ जना मनोनयन गरिएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports