गत फागुन २१ गते सम्पन्न भएको संघीय संसद प्रतिनिधिसभाको निर्वाचनमा झण्डै दुई तिहाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल पत्रकार महासंघको धर्ना कार्यक्रम जारी

611
shares

काठमाडौं। नेपाल पत्रकार महासंघले आफ्नो धर्ना कार्यक्रमलाई जारी राखेको छ । पारिश्रमिक साथै कान्तिपुर टेलिभिजनले पत्रकार दिपा दाहाललाई निष्काशन गरेको लगायतका विषयमा महासंघ हिजो देखि चरणवद्ध संघर्षको कार्यक्रममा उत्रिएको हो ।

आन्दोलनको पहिलो दिन महासंघको नेतृत्वमा तीनकुने स्थित कान्तिपुर टेलिभिजनको कार्यालयको गेटमा मध्यान्ह १२ बजे देखि दिउँसो साढे १ बजे सम्म धर्ना कार्यक्रम आयोजना गरिएको थियो । धर्ना कार्यक्रममा महासंघका अध्यक्ष विपुल पोखरेल, सल्लाहकार निर्मला शर्मा, वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, महासचिव रोसन पुरी लगायतको उपस्थिति थियो ।


धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पोखरेलले महासंघ जुन उद्देश्यका साथ आन्दोलनमा उत्रिएको हो, त्यसको गन्तव्यमा नपुग्दा सम्म पछि नहट्ने बताए । महासंघका सल्लाहकार निर्मला शर्माले निष्कासित पत्रकार दिपा दाहाल लगायत विना कारण निकालिएका पत्रकारको पुनर्बहालीको माग गर्दै महासंघले शुरु गरेको आन्दोलन प्रति ऐक्यबद्धता जनाइन् ।

महासचिव रोसन पुरीले पत्रकार दिपा दाहालको पुनर्बहाली र न्यूनतम पारिश्रमिक मात्र नभइ अव श्रमजीवी पत्रकार ऐनको सम्पूर्ण रुपमा कार्यान्वयन कान्तिपुरले गर्नुपर्ने बताए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports