kumari
stcnepal

कस्तो रहला आजको मौसम

काठमाडौं । अहिले देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहेको छ । बिहान देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक देखि सामान्य बदली रही अन्य ठाउँमा मौसम आंशिक बदली देखि सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिउँसो देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी स्थानमा मौसम आंशिक बदली देखि सामान्यतया सफा रहनेछ । त्यस्तै, प्रदेश नं. १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ ।

यसैगरी, राति देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही अन्य ठाउँमा मौसम आंशिक बदली देखि सामान्यतया सफा रहने महाशाखाले उल्लेख गरेको छ । यस्तै, प्रदेश नं. १, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ ।

यसैबीच, प्रदेश नं. १, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाको अनुरोध छ । देशको तराई तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेका कारण गर्मी बाट हुनसक्ने सम्भावित असर बाट जोगिन समेत महाशाखाले अनुरोध गरेको छ ।

 

 

 

footer