२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मन्त्री खतिवडा र विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस बीच भेटवार्ता

780
shares

काठमाडौं ।स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा र विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एड्हानोम घेब्रेयसस बीच भेटवार्ता भएको छ । तीन दिने भ्रमणका क्रममा आजै काठमाडौं आइपुगेका डब्लुएचओका महानिर्देशक टेड्रोस र स्वास्थ्य मन्त्री बीच खतिवडा बीच भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा मन्त्री खतिवडाले डब्लुएचओका महानिर्देशक टेड्रोसलाई दोस्रो कार्यकालको लागि पनि नेपालको तर्फ मनोनयनमा समर्थन गर्ने जानकारी दिएका थिए । मन्त्री खतिवडाले भने ‘दोस्रो कार्यकालको लागि यहाँको मनोनयनलाई हामी समर्थन गर्दछौं र यहाँलाई शुभकामना दिन्छौं । आफ्नो महत्त्वपूर्ण जिम्मेवारीहरू निर्वाह गर्ने क्रममा यहाँलाई हामीले सक्दो समर्थन र सहयोग गर्नेछौँ ।’

नेपाल डब्लूएचओ सँग आवद्ध भए देखि नै डब्लूएचओ सँग उत्कृष्ट कार्यात्मक सम्बन्ध रहिआएको मन्त्री खतिवडाले बताएका छन् । नेपाली जनताको स्वास्थ्य आवश्यकताहरु सम्बोधन गर्न नेपाल सरकारलाई सहयोग गरेकोमा डब्लूएचओको नेपालस्थित कार्यालय, क्षेत्रीय कार्यालय र सिङ्गो डब्लुएचओलाई मन्त्री खतिवडाले भेटका क्रममा धन्यवाद दिएका छन् । नेपालमा डब्लुएचओका महानिर्देशक र दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा.पुनम खेत्रपाल एकै पटक सँगै आइपुगेका हुन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports