लोसपा प्रवेश गरे लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख चौधरी
वि.सं.२०७९ वैशाख १० शनिवार १६:३६
shares

बुटवल। लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा प्रवेश गरेका छन्। उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनी नगर प्रमुखमा निर्वाचित भएका थिए।
केहि महिना अघि मात्रै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादीमा प्रवेश गरेका चौधरी शनिबार फेरि लोसपामा प्रवेश गरेका हुन्। चौधरीलाई लोसपाका वरिष्ठ नेताहरू राजेन्द्र महतो, महन्त ठाकुर लगायतले पार्टीमा प्रवेश गराएका हुन्।
हाल भइरहेको पार्टीमा नगर प्रमुख बन्ने अवस्था नदेखेपछि उनी नगरपालिका प्रमुखको उम्मेदवार बन्न पार्टी परिवर्तन गरेका हुन्।






































