ओखलढुङ्गामा सत्तारुढ गठबन्धन भाँडियो, जसपा एक्लै चुनाव लड्ने
वि.सं.२०७९ वैशाख १० शनिवार १६:३१
shares

ओखलढुङ्गा। ओखलढुङ्गामा सत्तारुढ गठबन्धन भाँडिएको छ । काँग्रेस–माओवादी मिलेपछि जनता समाजवादीले गठबन्धन छोडेको घोषणा गरेको छ । सो पार्टीले गठबन्धन बाट बाहिरिएर एक्लै चुनाव लड्ने विज्ञप्ति निकालेर जनाएको छ ।
त्यस्तै माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पनि गठबन्धन बाट लगभग बाहिरिसके पनि घोषणा हुन बाँकी छ । एक नगरपालिका सहित ८ स्थानीय तह रहेको जिल्लामा काँग्रेस–माओवादी तालमेल गर्ने सहमति भैसकेको छ ।






































