प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

स्थानीय तह निर्वाचनका लागि पूर्ण रुपमा आचार संहिता पालना गर्न निर्वाचन आयोगको आग्रह

546
shares

काठमाडौं। निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि पूर्ण रुपमा आचार संहिता पालना गर्न आग्रह गरेको छ । शनिवार आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै आएका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगले जारी गरेको ६० बुँदे आचार संहिता पालना गर्न ध्यानाकर्षण गराए ।

उनले कुनै सार्वजनिक स्थानमा दलको झण्डा राखेको भए त्यसलाई हटाउन आग्रह गरे । उम्मेदवार मनोनयन दर्ताका लागि जाँदा पनि ३ बाई ३ साइजको एउटा मात्र झण्डा प्रयोग गर्न उनको आग्रह छ । साथै कुनै दलको झण्डा, चिन्ह भएको भेष्ट, टोपी, गम्छा नलगाउन र त्यस्ता चिन्ह अंकित झोला नबोक्न पनि आयोगले सर्वसाधारणलाई आग्रह गरेको छ । त्यस्ता सामग्री प्रयोग गरे कारवाहीमा पर्ने आयोगको भनाई छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports