प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बुटवलमा एमाले र राष्ट्रिय जनमुक्ति पार्टी बीच स्थानीय तह निर्वाचनमा तालमेल हुने

533
shares

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकामा नेकपा एमाले र राष्ट्रिय जनमुक्ति पार्टी बीच स्थानीय तह निर्वाचनमा तालमेल गर्ने सहमति भएको छ । राष्ट्रिय जनमुक्ति पार्टीले बुटवलका १९ वडामा ११ जना वडा सदस्यको उम्मेदवार पाउने गरी एमाले सँग तालमेलको सहमति गरेको हो ।

सहमति अनुसार जनमुक्तिका मतदाताले एमालेका मेयर, उपमेयर, वडाअध्यक्ष र वडा सदस्य गरी ८६ पदका उम्मेदवारलाई सहयोग गर्नेछ । अब दुवै दलले चुनाव प्रचार प्रसार अभियान संयुक्त रुपमा सञ्चालन गर्ने एमाले नगर अध्यक्ष किसन ज्ञवाली र राष्ट्रिय जनमुक्ति पार्टीका बुटवल उपमहानगर अध्यक्ष भेकबहादुर सारु मगरले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

पार्टीको नगर समितिले एमाले सँग गरेको सहमतिप्रति जनमुक्ति पार्टीको एक समूहले भने असन्तुष्टि जनाएको छ । जनमुक्ति युवा महासंघका केन्द्रीय अध्यक्ष शंकर गाहाले बताए । ‘पार्टीको माथिल्लो तहका धेरैलाई एमाले सँग गठबन्धन गरेको चित्त बुझेको छैन,’ उनले भने, ‘एमाले सँग एजेण्डा, विचार केही मिल्दैन ।’ जनमुक्ति पार्टीका जिल्ला अध्यक्ष प्रेमबहादुर थापाले बुटवलमा भएको गठबन्धन स्थानीय समितिले गरेको बताए ।

 

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports