सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दलको चिह्न लिएर निर्वाचित हुने जनप्रतिनिधिहरु सोही दलको हुने : प्रमुख आयुक्त थपलिया

442
shares

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दलको चिह्न लिएर निर्वाचित हुने जनप्रतिनिधिहरु सोही दलको हुने बताएका छन् ।

आज शनिबार सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले गठबन्धन भन्ने शब्द स्थानीय तह निर्वाचन कानुनमा नभएको उल्लेख गर्दै दलको चिह्न लिएर निर्वाचित भएकाहरु सोही दलको जनप्रतिनिधि हुने बताएका हुन् । तर, स्वतन्त्र चिह्न लिएर उम्मेदवार भएकाहरु निर्वाचित भए भने उनीहरु स्वतन्त्र जनप्रतिनिधि नै हुने कानुनी व्यवस्था रहेको समेत उनले स्मरण गराए ।

‘हाम्रो स्थानीय तह निर्वाचन सम्बन्धी कानुनमा गठबन्धन भन्ने शब्द छैन । हुँदै नभएको कुरा आयोगले जान्ने कुरा पनि भएन । व्यक्तिले कुनै पनि राजनीतिक दलको उम्मेदवारको हकमा त्यो दलले दिएको मनोनयन पत्रको आधारमा उम्मेदवारी दर्ता हुन्छ । अब त्यो उम्मेदवारी दर्ता हुने व्यक्ति त्यो दलको सदस्य हो कि होइन, कहिले प्रवेश गरेको हो, उसको पार्टीमा के हैसियत छ रु भन्ने विषय आयोगको विषय होइन । त्यसकारण जुन चिह्न बाट ऊ उम्मेदवारी दिन्छ र निर्वाचित हुन्छ । त्यही दलको हो भन्ने निधो हुन्छ’ उनले भने । यदि कोही स्वतन्त्र रुपमा उम्मेदवार भएर स्वतन्त्र चिह्न बाट निर्वाचन जितेमा उसको हैसियत स्वतन्त्र हुने पनि उनले बताए ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports