सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आजको मौसम कस्तो रहला ?

637
shares

काठमाडौं। अहिले देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको प्रभाव सामान्य रहेको छ । बिहान गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी ठाउँको मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै, प्रदेश नं. १ र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ । यस्तै, राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ ।

प्रदेश नं. १ र गण्डकी प्रदेशको एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । यसैबीच, प्रदेश नं. १, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाको अनुरोध छ । यसैगरी, देशका तराई तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेका कारण गर्मी बाट हुनसक्ने सम्भावित असर बाट जोगिन समेत महाशाखाले अनुरोध गरेको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports