नुवाकोटको दुप्चेश्वर गाउँपालिका अध्यक्ष तामाङ सहितका नेता-कार्यकर्ता एमाले प्रवेश
वि.सं.२०७९ वैशाख १२ सोमवार १३:३०
shares

नुवाकोट। नुवाकोटको दुप्चेश्वर गाउँपालिका अध्यक्ष योविन्द्र सिंह तामाङ सहितका नेता-कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । क्षेत्रीय सभापति सुशील खड्का, पालिका कमिटी सचिव कृष्ण स्याङ्तान लगायत एमालेमा प्रवेश गरेका हुन् ।
नेकपा एमालेका उपमहासचिव विष्णु रिमाल, स्थायी कमिटी सदस्यद्वय काशिनाथ अधिकारी र डा. राजन भट्टराई, बागमती प्रदेश अध्यक्ष केशवराज पाण्डे लगायतले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा दुप्चेश्वर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद नेपाली कांग्रेसले जितेको थियो ।







































