विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रुपैडिहामा दुई किलो नौ सय ग्राम चरेस सहित एक नेपाली पक्राउ

611
shares

नेपालगञ्ज । नेपाल भारत सीमा क्षेत्र रुपैडिहामा ९० लाख रुपैयाँ बराबरको चरेस सहित एक नेपाली पक्राउ परेका छन् ।

भारतीय सीमा क्षेत्रमा रहेको आदर्श थाना रुपैडिहाका अनुसार दुई किलो नौ सय ग्राम चरेस सहित बर्दियाका एक व्यक्ति पक्राउ पक्राउ परेका हुन् । भारतीय प्रहरीले लागुऔषध तस्कारी रोकथामका लागि चलाएको अभियान दौरान गस्तीमा रहेको टोलीले भारतीय सीमा क्षेत्र पचपकडी गाउँमा शंका लागेर जाँच गर्दा बर्दिया गुलरियाका छविलाल देवकोटालाई चरेस सहित पक्रेको भारतीय प्रहरीलाई उदृत गर्दै भारतीय पत्रकार सन्तोष शुक्लाले जानकारी दिए ।

थाना रुपैडिहाका प्रभारी निरीक्षक प्रमोदकुमार त्रिपाठीको कमाण्डमा खटिएको गस्ती टोलीले गुलरिया नगरपालिका वडा नं. १४ का देवकोटालाई नेपाल भारत पिलर नम्बर ६५२/१५ नजिकै बाट पक्राउ गरेको हो । प्रहरीले वरामद गरेको चरेसको मुल्य डेढ १ करोड नेपाली रुपैयाँ बराबर रहेको अनुमान छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports