विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

हिजो बढेको शेयर बजार आज फेरी ओरालो, नेप्से परिसूचक ३४ दशमलव ९५ अंकले घट्यो

572
shares

काठमाडौं । हिजो बढेको शेयर बजार आज फेरी ओरालो लागेको छ । आज शेयर बजार नेप्से परिसूचक ३४ दशमलव ९५ अंकले घटेर २,३८६ दशमलव ०१ को विन्दुमा कायम भएको छ । आज होटल्स टुरिजम एण्ड म्युचुअल फण्ड बाहेक सबै उपसूचक घटेका छन् । आज २७ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १६३ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज २३९ वटा कम्पनीको ५० लाख ४७ हजार ७६९ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४ करोड २२ लाख ५३ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । आज कम्पनीको ८ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, आज शिवम् सिमेन्टको ६ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ६ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावर कम्पनीको ५ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । सिद्धार्थ इक्यिटी फण्डका इकाईधनीले ४ प्रतिशतका दरले कमाएका छन् । एनआइबिएल प्रगति फण्डका इकाई धनीले ३ दशमलव ७१ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै सेन्ट्रल फाइनान्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ प्रतिशतका दरले गुमाएका छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports