विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सिन्धुपाल्चोकमा माओवादीका दुई पक्ष बीच झडप, प्रहरीद्धारा अश्रुग्याँस प्रहार

559
shares

काठमाडौं । सिन्धुपाल्चोकको चौतारा नगरपालिकामा नेकपा माओवादी केन्द्र बाट टिकट पाउने र नपाउने पक्ष बीच झडप भएको छ ।

उम्मेदवारी दर्ता गर्न जाने पक्ष र अर्को पक्ष बीच घम्साघम्सी हुँदा स्थितिलाई नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई परिचालन गरिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताए ।

उनका अनुसार चौतारामा अहिले केही राउण्ड अश्रूग्याँस पनि प्रहार गरिएको छ । चौतारा माओवादी नेता अमानसिंह तामाङले स्थानीय आवश्यकताका आधारमा भन्दा पनि काठमाडौंमा बस्नेलाई टिकट दिएपछि झडप भएको बताए । उनले भने, ‘मैले पनि स्वतन्त्र बाट उम्मेदवारी दिएको छु ।’ झडपका क्रममा नगरपालिकामा पनि तोडफोड भएको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports