काभ्रेमा एमालेका तीन दलित महिला सदस्य निर्विरोध
वि.सं.२०७९ वैशाख १३ मंगलवार १४:४१
shares

काभ्रेपलाञ्चोक ।काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न स्थानीय तहमा तीन जना दलित महिला सदस्यहरु निर्विरोध भएका छन् । विजयी हुनेमा धुलिखेल नगरपालिका र खानीखोला गाउँपालिकाका सदस्य छन् ।
धुलिखेल नगरपालिकाको वडा नम्बर ६ मा दलित महिला सदस्य पदमा उम्मेदवार पार्वती विश्वकर्मा एक्लैको मात्र मनोनयन परेको हो । खानीखोला गाउँपालिका वडा नम्बर १ र २ मा पनि दलित महिला सदस्य निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित हुनेमा मसली बिक र भगवती विश्वकर्मा हुन् । उनीहरु दुवैले नेकपा एमालेको तर्फ बाट उम्मेदवारी दिएका थिए ।
सबै उम्मेदवारको विजयको औपचारिक घोषणा हुन बाँकी छ । आगामी शुक्रबार सम्म दाबी विरोध नपरे उनीहरुलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिनेछ ।







































