kumari
stcnepal

नेप्से दोहोरो अङ्कले घटेर २४ सय तलको विन्दुमा

काठमाण्डौ । आइतबार दोहोरो अङ्कले बढेको शेयर बजार त्यस यता २ कारोबार दिन भने ओरालो लागेको छ । सोमबार दोहोरो अङ्कले घटेको बजार मंगलबार पनि दोहोरो अङ्कले नै घटेर २४ सय तलको विन्दुमा बसेको छ । आज नेप्से सँगै कारोबार रकम पनि घटेर १ अर्बमा सीमित भएको छ ।

मंगलबार दिनै भरिमा २२८ कम्पनीको शेयर किनबेच भएको छ । १ अर्ब ४ करोड भन्दा धेरैको शेयर किनबेच हुँदा ३५ कम्पनीको मात्र शेयर मूल्य बढेको छ भने १ कम्पनीको शेयर मूल्यमा सर्किट लागेर कारोबार भएको छ । ती बाहेक अन्य कम्पनीको शेयर मूल्य भने घटेको छ ।

आज उत्पादन बाहेक अन्य उपसूचक घटेका छन भने सिद्धार्थ बैंकको आज सबै भन्दा धेरै शेयर किनबेच भएको छ । बीमा समूहको उपसूचक सबै भन्दा धेरै घटेर कारोबार हुँदा जलविद्युत कम्पनीका शेयर मूल्य बढि घटेको देखिएको छ ।

 

 

footer