प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पर्यटनमन्त्रीले वायुसेवा निगमका अध्यक्षलाई साउदीमा असम्बन्धित व्यक्तिहरुको जम्बो टोली लगेपछि स्पष्टीकरण सोधे

650
shares

काठमाडौं । नेपाल वायुसेवा निगमले शुरु गरेको साउदी अरेबियाको रियादमा उडान सँग असम्बन्धित व्यक्तिहरुको जम्बो टोलीलाई साउदी लगेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले स्पष्टीकरण सोधेका छन् ।

पर्यटन मन्त्री आलेको सचिवालयका अनुसार यो टोलीमा नेपाल वायुसेवा निगमको उडान सँग असम्बन्धित धेरै व्यक्तिहरुलाई निगमका अध्यक्ष युवराज अधिकारीले साउदी अरेबिया लगेपछि स्पष्टीकरण सोधिएको हो । ‘हामीले निगमको उडानका लागि चाहिने व्यक्तिलाई मात्रै लैजानुस् भनेका थियौं,’ सचिवालयका एक अधिकारीले भने, ‘तर, असम्बन्धित व्यक्तिहरुको जम्बो टोली लगेपछि स्पष्टीकरण सोधेका छौं ।’

गत शुक्रबार काठमाडौं बाट रियाद उडेको पहिलो उडानमा दुई दर्जन व्यक्तिलाई निगमले सित्तैमा रियाद उडाएको थियो । यसअघि आलेले निगमको आन्तरिक उडानमा प्रयोग भइरहेको एक जहाज निजी कम्पनीलाई ठेक्कामा दिएको सन्दर्भमा समेत स्पष्टीकरण सोधेका छन् । निगमले आफ्नो जहाजमा टिकट काटेर उडाउने गरी अर्कै एक निजी कम्पनीलाई चार्टर्ड उडान गर्न जहाज ठेक्कामा दिएको मन्त्रालय स्रोतको भनाइ छ ।

‘यसरी ठेक्कामा दिँदा कानूनी प्रावधान पुरा गरेको छ कि छैन, ठेक्कामा दिँदा निगमलाई आर्थिक लाभ हानी के हुन्छ, प्रक्रिया पारदर्शी छ कि छैन,’ भन्नेजस्ता प्रश्न राखेर स्पष्टीकरण सोधिएको ती अधिकारीले जानकारी दिए ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports