kumari
stcnepal

आज थप १० जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने कसैको पनि मृत्‍यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ६४ जनाको पीसीआर परीक्षण गर्दामा ८ जना र १ हजार १६२ जनाको एन्टीजेन परीक्षण गर्दा २ जना गरी १० जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना बाट १८ जना निको भएका छन् भने हाल देशभर २६१ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये २६० जना होम आइसोलेसनमा रहेका छन् भने १ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

मंगलबार थपिए सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ९५५ पुगेको छ । यो सँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ भने ९ लाख ६६ हजार ५५८ जना संक्रमणमुक्त भएका छन् ।

 

footer