कांग्रेसका महासमिति सदस्यहरूले लगाए आरोप, टिकट बेच्ने पार्टीमा बसिन एमालेमा प्रवेश गरिन्छ
वि.सं.२०७९ वैशाख १४ बुधवार १६:४९
shares

रौतह । नेपाली कांग्रेस रौतहट सभापति सुनिल यादव र मधेस प्रदेश सभापति कृष्ण यादवले करोडौंको लेनदेन गरेर स्थानीय तहमा पार्टीको टिकट बेचिरहेकाले असल कार्यकर्ता पार्टी छोडेर अन्य दलमा भागिरहेको सोही पार्टीका महासमिति सदस्यले खुलासा गरेका छन ।
रौतहट स्थित नेपाली कांग्रेसका महासमिती सदस्य वाल्मीकि प्रसाद यादवले पार्टीका अग्रपंक्तिका केही नेताहरूले अघिल्लो निर्वाचन देखि नै पार्टीको टीका बिक्री गर्दै आएको खुलासा गर्नुभएको हो । यादवले आज पत्रकार सँग संक्षिप्त कुरा गर्दै कांग्रेसका प्रदेश सभापति कृष्ण यादव र जिल्ला सभापति सुनिल यादव जितेन्द्र मिलेर अघिल्लो स्थानीय निर्वाचन देखि नै करोडौंको चलखेल गरी टिकट बिक्री गर्दै आएको प्रमाण आफू सँग रहेको बताउनु भयो ।
उहाँका अनुसार गत स्थानीय निर्वाचनमा तत्कालिन जिल्ला सभापति कृष्ण यादव र सभासद जितेन्द्र यादवले करोडौं रुपैया लिएर कटहरिया नगरपालिकामा कृयाशिल कार्यकर्तालाई पाखा लगाएर उद्योगपति ओमप्रकाश जयसवालको छोरा अजय प्रकाशलाई मेयरको टिकट बेचेका थिए । लगत्तै कांग्रेसका दर्जनौं प्रभावशाली नेताले पार्टी छोडेर अन्य दलमा गएपछि मेयरका उम्मेदवार अजय प्रकाश पराजित भएको महासमिति सदस्य वाल्मीकिले बताउनु भयो ।
छोरा पराजित भएपछि आक्रोशित उद्योगपती जयसवाल गत संसदीय निर्वाचनमा तत्कालीन राजपाको टिकट बाट चुनाव लडेर अधिकांश मत काटेर कांग्रेसका सांसदका उम्मेदवार सुनिल यादवलाई हराउन ठुलो भुमिका खेलेको उहाँको भनाई छ । यति हुंदाहुदै पनि कांग्रेसका जिल्ला सभापति सुनिल यादव र प्रदेश सभापति कृष्ण यादव आर्थिक प्रलोभनमा परेर फेरि यसपटक उनै उद्योगपती ओमप्रकाशका छोरा अजय प्रकाशलाई कटहरिया नगरपालिकाको मेयरको टिकट दिएको यादवले बताउनु भयो ।
कांग्रेसमा उहाँ फुलटाईमर कार्यकर्ता रहेको भन्दै कटहरिया नगरपालिकाको मेयर पदको दावेदार हुनुहुन्थ्यो । तर साथीहरुको सल्लाह अनुसार कटहरिया नगर समिति, क्षेत्र र जिल्लाको सिफारिसमा मधेस प्रदेशले मेरो प्रतिनिधि चुन्नु कुमारी यादवको नामले दिएको उपमेयरको टिकटको आधारमा गत ११ गते कटहरिया स्थित निर्वाचन कार्यालयमा मनोनयन दर्ता गराएको महासमिति सदस्य यादवले बताउनु भयो । तर उनै उद्योगपतिको ईशारामा जिल्ला सभापति र प्रदेश सभापति मिलेर आफ्नो प्रतिनिधिको मनोनयन खारेज गराएर उसको स्थानमा कतैबाट सिफारिस नभएका रिता यादवको नाम अगाडि सारेको उहाँले बताउनु भयो ।
निर्वाचन कार्यालय कटहरियाका प्रमुख चन्द्र प्रसाद लुइँटेलका अनुसार गत ११ गते उपमेयर पदको लागि चुन्नु कुमारी यादव र वडा ९ को अध्यक्षको लागि रामप्रमोद यादवको नामले मनोनयन दर्ता भएको थियो । तर गत १२ गतेको दोस्रो पत्रको आधारमा उपमेयर उमेदवारमा रिता देवि र वडा ९ को अध्यक्षको उमेदवारमा रुपेस यादवको नाम समावेश भएको प्रमुख लुइँटेलले पुष्टि गर्नुभयो ।
कांग्रेसको टिकट बितरणमा जिल्ला र प्रदेश सभापतिले गरेको आर्थिक चलखेलको कारण कांग्रेस महाधिवेशन प्रतिनिधि शेख एकरामुल हक लगायत जिल्लाका दर्जनौं प्रभावसाली नेताहरू पार्टी छोडेर अन्य दलमा गएको यादवले बताउनु भयो । कांग्रेस पार्टीमा कार्यकर्ताले नेतालाई पैसा पठाए मात्र सम्मान हुने भएकाले आफुपनि पार्टी छोडेर एक-दुई दिनमा एमाले पार्टीमा प्रवेश गर्ने महासमिति सदस्य यादवले उदघोष गर्नुभयो ।




































