भरतपुर आए लगत्तै राज्यमन्त्री श्रेष्ठ पौडेललाई भेट्न जगन्नाथ पौडेलको निवास पुगे
वि.सं.२०७९ वैशाख १५ बिहीवार ०९:५७
shares

चितवन । चितवनको भरतपुर महानगरमा नेपाली कांग्रेस बाट मेयर पदमा उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई फकाउन नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरूको दौडधुप जारी छ । गृहमन्त्री बालकृष्ण खाँण पौडेल लगायतका नेतालाई फकाउन भरतपुर रहेकै बेला प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ पनि बिहीबार बिहान भरतपुर आएका छन् । भरतपुर आए लगत्तै राज्यमन्त्री श्रेष्ठ पौडेललाई भेट्न उनको निवास पुगेका छन् ।
भरतपुर-७ कृष्णपुर स्थित पौडल निवासमा पौडेल र श्रेष्ठ बीच उम्मेदवारी फिर्ता लिने बारेमा छलफल भएको छ । भेटमा पौडेलले कांग्रेस बचाउनका लागि आफ्नो उम्मेदवारी कायमै रहने जवाफ दिएको स्रोतले बतायो । यसअघि नेपाली कांग्रेसका चितवन जिल्ला सभापति राजेश्वर खनाल लगायतका नेताहरूले पनि पौडेललाई भेटेर उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए । पौडेलसँग गृहमन्त्री खाँणले भने अहिले सम्म नभेटेको स्रोतले बतायो ।
सत्ता गठबन्धनका तर्फ बाट भरतपुर महानगरको मेयरमा माओवादी केन्द्रकी रेनु दाहालले मेयर पदमा उम्मेदवारी दर्ता गराएकी छिन् । तर, कांग्रेसका तर्फ बाट मेयरमा स्वतन्त्र उम्मेदवारी पौडेलले दिएपछि प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल उनको उम्मेदवारी फिर्ता गराउन सक्रिय छन् ।




































