रेनु दाहाल विरुद्ध बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेल सकारात्मक हुनुहुन्छ : राज्यमन्त्री श्रेष्ठ
वि.सं.२०७९ वैशाख १५ बिहीवार १०:१४
shares

काठमाडौं ।राज्यमन्त्री उमेश श्रेष्ठले भरतपुर महानगरमा गठबन्धनकी मेयर उम्मेदवार रेनु दाहाल विरुद्ध बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेललाई भेटेका छन् ।
भरतपुर महानगरपालिका-७ कृष्णपुर स्थित पौडेलकै घरमा पुगेर राज्यमन्त्री श्रेष्ठले उम्मेदवारी फिर्ता बारे छलफल गरेका हुन् । छलफलपछि पत्रकारहरूलाई प्रतिक्रिया दिंदै राज्यमन्त्री श्रेष्ठले जगन्नाथ पौडेल सकारात्मक रहेको बताए । ‘उहाँ पोजेटिभ हुनुहुन्छ । थप कुरा हुन्छ त्यसपछि निर्क्यौल हुन्छ,’ राज्यमन्त्री श्रेष्ठले भने, ‘गृहमन्त्री पनि आउँदै हुनुहुन्छ उहाँ सँग पनि कुरा हुन्छ, छलफलपछि निचोड निस्किन्छ ।’
राज्यमन्त्री श्रेष्ठले आफू चितवन बाटै पार्टी केन्द्रीय सदस्य भएकोले पार्टीमा समस्या परेको बेला समाधान गर्न जिल्ला आएको बताए । अझै ४ दिन सम्म चितवनमै रहने उनले बताए ।राज्यमन्त्री श्रेष्ठले भेटेपछि पौडेललाई भेट्न गृहमन्त्री बालकृष्ण खाँण पनि उनको निवास जाँदैछन् ।





































