सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पोखरामा कांग्रेसको पार्टी कार्यालय बाहिर नाराबाजी गर्दै तोडफोड गरेको आरोपमा २३ कार्यकर्ता प्रहरीको नियन्त्रणमा

494
shares

पोखरा । नेपाली कांग्रेस गण्डकीको पोखरा ३, तेर्सापट्टि स्थित पार्टी कार्यालयमा कार्यकर्ताले तोडफोड गरेका छन् । बिहीबार कांग्रेसको पार्टी कार्यालय बाहिर नाराबाजी गर्दै तोडफोड गरेको आरोपमा २३ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।

‘नाराबाजी सहित तोडफोड भइरहेको छ भन्ने सूचनाका आधामार त्यहाँ पुगेका थियौं,’ डिएसपी तिवारीले भने, ‘त्यसमध्ये बाट २३ जनालाई नियन्त्रणमा लिएका छौं । क्षतिको विवरण आउन बाँकी छ ।’ उनले तोडफोडमा कति जना संलग्न थिए भन्ने बारे अनुसन्धान भइरहेको जानकारी दिए ।

पोखरा १८ र २४ नम्बर वडाध्यक्षमा उम्मेदवारी दिएका वडाध्यक्षलाई उम्मेदवारी फिर्ता लिन पार्टीले निर्देशन दिएपछि स्थानीय कार्यकर्ताले विरोध गर्दै तोडफोड गरेको कांग्रेस स्रोतले जानकारी दिएको छ । उक्त २ ३ वडा नेकपा माओवादीले पाउने गरी गठबन्धन बीच प्रारम्भिक सहमति भएको थियो ।

१८ र २४ वडा का नेता तथा कार्यकर्ताले आइतबार जिल्ला सभापति सहितका पदाधिकारीलाई ५ घण्टा जिल्ला पार्टी कार्यालयमा थुनेका थिए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports