विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राप्रपा नेपालले माग्यो सूर्य र तिर दुबै चिन्हमा भोट

559
shares

काठमाडौं ।राप्रपा नेपालले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा एमालेको सूर्य र आफ्नै पार्टीको तीर चुनाव चिह्नमा भोट मागेको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाको अध्यक्षतामा आइतबार बसेको सचिवालयको बैठकले आफ्ना उम्मेद्वार भएका गाउँ तथा नगरपालिकाहरुमा पार्टीको चुनाव चिन्ह ‘तीर’ मा मतदान गर्न र नेकपा एमाले सँग चुनावी सहमती भएका ठाउँहरुमा ‘सूर्य’ चिन्हमा मतदान गर्न मतदातालाई आग्रह गरेको हो ।

‘चैत्र ३० गते नेकपा एमाले सँग स्थानीय तहको निर्वाचनमा राप्रपा नेपालले आफ्नो पार्टीका उम्मेदवार नभएका ठाउँमा नेकपा एमालेका उम्मेद्वारहरुलाई सघाउने गरी आपसी सहकार्य गर्न भएको सहमती बमोजिम राप्रपा नेपालका सदस्यहरु, शुभचिन्तक तथा मतदाताहरुलाई राप्रपा नेपालका आफ्ना उम्मेदवार भएका गाउँ तथा नगरपालिकाहरुमा पार्टीको चुनाव चिन्ह ‘तीर’ मा मतदान गर्नुहुन र नेकपा एमाले सँग चुनावी सहमती भएका ठाउँहरुमा ‘सूर्य’ चिन्हमा मतदान गर्नुहुन राप्रपा नेपाल आह्वान गर्दछ’, बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।

सो पार्टीले स्थानीय निर्वाचनको संघारमा राप्रपा नेपाल पुनर्जागृत भएको उल्लेख गर्दै यो विशेष परिस्थितीमा २ प्रकारले चुनावी प्रवन्ध गर्नुपरेको उल्लेख गरिएको छ । बैठकले वर्षे बाली लगाउने समयमा किसानहरुलाई कृषि प्रयोजनका लागि आवश्यक पर्ने मलखादको अभाव देखिएकोले किसानहरुका माझ कृषि मल तत्काल उपलब्ध गराउन पनि माग गरेको छ । यस्तै दैनिक उपभोग्य वस्तुहरुको आकासिएको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्नेतर्फ ठोस कदम चालेर आम जनतालाई राहत प्रदान गर्न पनि बैठकले सरकारको ध्यानाकर्षण गराएको प्रवक्ता सुरेश आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports