विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भारतमा नयाँ सेनापति र नयाँ बिदेश सचिवले समाले आफ्नो कार्यभार

650
shares

नयाँदिल्ली।भारतमा नयाँ प्रधान सेनापति र विदेश सचिवले कार्यभार सम्हालेका छन्। मनोज पाण्डेले शनिबार भारतीय सेनाको २९ औं प्रधान सेनापतिका रूपमा कार्यकाल सुरू गरेका हुन्। मनोज मुकुन्द नरवणेले अप्रिल ३० मा अवकास पाएपछि पाण्डे नयाँ प्रधान सेनापति बनेका हुन्।


पाण्डे सन् १९८२ मा भारतीय सेनाको क्रप्स अफ इन्जिनियर्समा भर्ती भएका थिए। भारतीय सेना प्रमुख नेपाली सेनाको पनि मानार्थ महारथी हुने प्रचलन छ। नेपालका लागि पूर्वभारतीय राजदूत विनयमोहन क्वात्राले आइतबार देखि भारतको विदेश सचिवको जिम्मेवारी सम्हालेका छन्।

हर्षवर्द्धन श्रींगलाले अवकाश भएपछि क्वात्रा विदेश सचिव बनेका हुन्। क्वात्रा दुई वर्षअघि नेपालको राजदूत नियुक्त भएका थिए। क्वात्रा सन् १९८८ देखि भारतको कूटनीतिक सेवामा प्रवेश गरेका थिए। नेपाल आउनुअघि उनले विदेश मन्त्रालय र प्रधानमन्त्री कार्यालय, अमेरिका स्थित भारतीय दूतावासमा काम गरेका थिए।एजेन्सी

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports