प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

हप्तामा दुई दिन बिदा भएपनि अस्पतालहरूमा लागु नहुने

858
shares

काठमाडौं । जेठ १ देखि हप्तामा दुई दिन सरकारी कार्यालय बन्द भए पनि अस्पतालका बहिरंग सेवा (ओपीडी) आइतबार भने बन्द नगर्ने भएको छ । उच्च स्रोतका अनुसार स्वास्थ्य संस्था बाट उपलब्ध हुने सेवा अति आवश्यक हुने भएकाले मन्त्रालय आइतबार ओपीडी सेवा बन्द नगर्ने निषकर्षमा पुगेको छ ।

‘दुई दिन बिदा नदिने पक्षमा स्वास्थ्यमन्त्री र सचिवको राय आएको छ । ठूला अस्पतालका प्रमुखलाई बोलाएर पुनः एक पटक छलफल गरेपछि सम्पूर्ण स्वास्थ्य संस्थालाई पत्राचार गरिने छ’, मन्त्रालयका एक उच्च अधिकारीले बताए । ती अधिकारीका अनुसार अस्पताल र स्वास्थ्य संस्थाका कर्मचारीलाई सट्टा विदा दिने गरी हप्तामा ६ दिन ओपीडी सेवा सञ्चालन गर्ने बारेमा छलफल भइरहेको छ । तर, निर्णय भन्ने भइसकेको छैन ।

लगातार दुई दिन सार्वजनिक बिदा हुँदा बिरामी मारमा पर्ने भएकाले स्वास्थ्य सेवालाई निरन्तरता दिनुपर्ने विज्ञहरुले बताउँदै आएका छन् । उता, नेपाल चिकित्सक संघ (एनएमए) ले सातामा दुई दिन बिदा दिने सरकारको निर्णयको स्वागत गरेको छ । संघले आइतबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य क्षेत्रमा पनि उक्त बिदा लागू गर्न माग गरेको छ ।

चिकित्सकले परिवारलाई समय दिन नसकेको, सधैं काममा व्यस्त रहँदा मानसिक तथा शारीरिक तनावमा रहनुपर्ने भएकाले दुई दिन बिदाको निर्णय राम्रो भएको चिकित्सक संघको जिकिर छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports