निर्वाचन आयोगले सोध्यो पत्रकार अनिता बिन्दुलाई स्पष्टीकरण
वि.सं.२०७९ वैशाख १८ आइतवार २०:२५
shares

काठमाडौं ।निर्वाचन आयोगले पत्रकार अनिता विन्दुलाई स्पष्टीकरण सोधेको छ । नेपाल टेलिभिजनमा कार्यरत रहेर नेपाली कांग्रेसको निर्वाचन प्रचारप्रसार उपसमितिमा क्रियाशील रहेको भेटेपछि आयोगले उनलाई स्पष्टीकरण सोधेको हो ।

‘उहाँ सरकारी टेलिभिजनमा कार्यरत हुनुहुन्छ, साथसाथै कांग्रेसको प्रचारप्रसार उपसमितिमा समेत हुनुहुन्छ भन्ने भरपर्दो सूचना आएपछि आयोगले नै स्पष्टीकरण सोध्ने निधो गरेको हो’ आयोग स्रोतले भन्यो, ‘आज या भोलिमा उहाँलाई पत्र पुग्छ ।’
आयोगले निर्वाचनको प्रचारप्रसारका लागि आइतबार नै पत्रकार विन्दुको आवाजमा एक जनचेतनामूलक सन्देश समेत रेकर्ड गराएको थियो । नेपाल टेलिकमको रिङ व्याक टोनमा प्रयोग गर्न उनको आवाज रेकर्ड गर्न खोजिएकोमा उनको वारेमा नयाँ तथ्य आएपछि रोकिएको आयोग स्रोतले बतायो । स्रोतले भन्यो, ‘उहाँकै वारेमा प्रश्न उठेपछि हामीले उहाँको स्वरमा रेकर्ड गरिएको आवाज त बजाउन भएन भनेर हाल स्थगित गरेका छौं ।’

































