पेट्रोलियम पदार्थको मूल्य फेरि बढन सक्ने
वि.सं.२०७९ वैशाख १९ सोमवार १२:५७
shares

काठमाडौं ।नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाउने तयारी गरेको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको भाउ बढाएर नयाँ मूल्यसूची पठाएको भन्दै निगमले मूल्य बढाउने तयारी गरेको हो । नयाँ मूल्यसूची अनुसार पेट्रोलको मूल्यमा प्रतिलिटर चार रुपैयाँ ८४ पैसा बढाएर पठाइएको छ । जसअनुसार पेट्रोल प्रतिलिटर एक सय ८३ रुपैयाँ दुई पैसा पुगेको निगमको भनाइ छ ।
अहिले पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६० रुपैयाँ छ । अब कम्तिमा एक सय ६५ रुपैयाँ हुने स्रोतको दाबी छ । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक सय ४३ रुपैयाँ छ । डिजेल र मट्टितेलमा पनि प्रतिलितटर पाँच रुपैयाँ बढाउने तयारी गरिएको छ । त्यसैगरी खाना पकाउने ग्यासको मूल्यमा पनि चर्को भाउ बढेको बताउँदै निगमले प्रति महिना पाँच अर्ब १९ करोड घाटा हुने उल्लेख गरेकाले चुनावको मुखमा सर्वसाधारण माथि थप मूल्यवृद्धिको भार पर्ने देखिएको हो ।




































