प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

माओवादीका काठमाडौका उम्मेदवार सहित चर्चित नेताहरू एमालेमा प्रवेश

494
shares

काठमाडौं। नेकपा माओवादी केन्द्र काठमाडौँ जिल्ला कमिटी सदस्य समेत रहनु भएका काठमाडौँ महानगरपालिका वडा–१५ का वडाध्यक्ष उम्मेदवार रत्नकाजी महर्जन सहितको २२ जनाको टोली नेकपा (एमाले) प्रवेश गरेको छ । आज उहाँहरुलाई नेकपा (एमाले)का उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र काठमाडौँ जिल्लाका इञ्चार्ज एवं स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठले टिका लगाएर पार्टी प्रवेश गराउनु भएको हो ।

पार्टी प्रवेशपछि सम्वोधन गर्दै महर्जनले वामआन्दोलनको नेतृत्व माओवादीले गर्न नसक्ने ठहर गर्दै एमाले प्रवेश गरेको बताउनुभयो । ‘म २०३६ साल देखि निरन्तर वामआन्दोलनमा सक्रिय रहँदै आएको व्यक्ति हुँ,’ महर्जनले भन्नुभयो, ‘०५४ सालमा नेकपा (एमाले) विभाजन हुँदा म माले तिर लागे । दुई पार्टी एक हुँदा केही वर्ष कतै पनि आबद्ध नभइ बसेको थिएँ । पछि माओवादी ठिक ठानेर त्यहि पार्टीमा लागेँ । तर, त्यो पार्टीले वाम आन्दोलनको नेतृत्व गर्न नसक्ने ठहर गर्दै आज म २५ वर्षपछि पुरानै घर फर्किएको छु । पुरानो घर फर्किदाँ निकै उत्साहित छु ।’

उहाँले अहिले नेकपा (एमाले) तर्फका उम्मेदवार केशव स्थापित पुरानो साथी भएको भन्दै अब थप उत्साहका साथ केवश स्थापितको टिमलाई जिताउन हिँड्ने बताउनुभयो । ‘नेपालको वाम आन्दोलनका लागि अब माओवादीको काम छैन,’ उहाँले भन्नुभयो, ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा साकार पार्ने महाअभियानमा अब नेकपा (एमाले) सँग आवद्ध भई निरन्तर लाग्ने प्रण गर्दछु ।’

आज एमाले प्रवेश गर्नेहरुमा महर्जन सहित १६ जना वडा कमिटीमा आवद्ध रहेका हुनुहुन्छ भने बाँकी माओवादीको साधारण सदस्य रहेको काठमाडौँ जिल्ला कमिटीका सचिव राजेश शाक्यले जानकारी दिनुभयो । कार्यक्रमलाई सम्वोधन गर्दै उपाध्यक्ष शाक्यले पार्टी प्रवेश गरेकाहरुलाई उचित जिम्मेवारी दिने बताउनुभयो । स्थायी कमिटी सदस्य श्रेष्ठले कम्युनिष्ट आन्दोलनको मूलधारमा फर्किएकोमा धन्यावाद भन्दै उहाँले पनि उचित जिम्मेवारी दिने बताउनुभयो ।

‘केही समय उहाँहरु अलमलमा पर्नुभयो । अहिले मूलधारको कम्युनिष्ट आन्दोलनको नेतृत्व गर्ने पार्टीमा फर्किनुभएको छ, उहाँहरुलाई स्वागत छ,’ श्रेष्ठले भन्नुभयो, ‘एउटा परेवा गुँड छाडेर दिनभरी कतै डुल्न जान्छ र साँझ परेपछि गुँडमा फर्किन्छ भने त्यसलाई अन्त गयो भन्न मिल्दैन । उहाँहरु आफ्नै घर फर्किनुभयो, स्वागत छ ।’

केही दिन अघि मात्रै पनि नेकपा माओवादी केन्द्रका तर्फ बाट काठमाडौँ महानगरपालिका वडा–१३ को वडाध्यक्षको उम्मेदवार बन्नुभएका रामशरण डंगोल पनि नेकपा (एमाले) प्रवेश गर्नुभएको थियो । उहाँलाई नेकपा (एमाले)को तर्फ बाट काठमाडौँ महानगरपालिकाको मेयरका उम्मेदवार केशव स्थापितले टिका लगाएर एमाले प्रवेश गाराउनु भएको थियो । पार्टी प्रवेश सँगै एक विज्ञप्ति जारी गर्दै उहाँले नेकपा माओवादीले गठबन्धनका नाममा उम्मेदवार चयनमा नातावाद, कृपावादलाई मात्रै प्राथमिकता दिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको थियो ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports