kumari
stcnepal

आज थप ९ जनामा कोरोना संक्रमण

काठमाडौं। पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३३३ जनाको पीसीआर परीक्षणमा ०८ जना र ९२२ जनाको एन्टीजेन परीक्षणमा १ जना गरी ९ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना बाट १८ जना निको भएका छन् भने हाल देशभर २११ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये २०९ जना होम आइसोलेसनमा रहेका छन् भने २ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामी मध्ये १ जना आईसीयू छन् ।

सोमबार थपिए सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार २९ पुगेको छ । यो सँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ भने ९ लाख ६६ हजार ६७४ जना संक्रमणमुक्त भएका छन् ।

 

 

footer