एमाले अध्यक्ष ओली आज गृह जिल्ला आउदै
वि.सं.२०७९ वैशाख २० मंगलवार ०७:३८
shares

झापा ।स्थानीय तहको निर्वाचनको प्रचार अभियानका क्रममा नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा आउने हुनुभएको छ ।

एमाले झापाका सचिव शिव ढुंगेलका अध्यक्ष ओलीले तीन वटा नगरपालिका र एउटा गाउँपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
अध्यक्ष ओलीले भद्रपुरको ज्ञानुचोकमा ११ बजे, हल्दिवारी १ गोल्धापमा साढे १ बजे, मेचीनगरको पासाङल्हामु हलमा ३ बजे, र बिर्तामोडमा ४ः३० बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको ढुंगेलले बताउनु भयो । अध्यक्ष ओली आजै काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।


































