सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

देउवाविरुद्ध एक हुन सकेनन् इतर पक्ष

455
shares

काठमाडौ । संघीय संसदको प्रमुख विपक्षी दल नेपाली कांग्रेस आन्तरिक द्वन्द्वमा फसेको कारण उसले प्रमुख प्रतिपक्षी दलको भूमिका निभाउन सकेको छैन । पार्टीको संस्थापन पक्ष र इतर पक्ष आ आफ्नै रणनीतिमा रहेका छन् । इतर पक्षमा पनि पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौलाले अलग अलग गुट सञ्चालन गरेको हुनाले इतर पक्ष पनि एक हुन सकेको छैन । संस्थापन पक्षका विरुद्ध एउटै रहेकोमा उभिने प्रयास इतर पक्षले गरेपनि गुटगत स्वार्थका कारण इतर पक्ष एक हुन सकेका छैनन् । पार्टीका वरिष्ठ नेता पौडेल र अर्का नेता सिटौलाबीच गहिरो अविश्वास रहेको छ ।वरिष्ठ नेता पौडेल र सिटौलाबीच लामो समयसम्म बोलचाल नै बन्द भएपनि अहिले उनीहरुबीच एउटै लाइनमा उभिनु दुवै पक्षका नेताहरुले प्रयास गरेका भएपनि उनीहरुको प्रयास सफल हुन सकिरहेको छैन ।

पार्टी सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनलाई प्रभावित पार्नका निम्ति विधान विपरित निर्णयहरु गर्दै जान थालेपछि पौडेल र सिटौला दुवैले त्यसको विरोध गर्दै आएका छन् । दुवै नेताले सभापति देउवालाई पार्टीको विधान विपरितका कार्यहरु नगर्न चेतावनी समेत दिएका छन् । पछिल्लो समयमा पौडेल पक्षले पार्टीमा विरोधपत्र बुझाउने भन्दै विरोध पत्रमा हस्ताक्षर गर्न सिटौला पक्षलाई आग्रह गरेकोमा सिटौला पक्षले त्यसलाई अस्वीकार गरेको छ । सभापति देउवाले केन्द्रीय विभागको गठन र त्यस्ता विभागमा भएका मनोनयन, क्रियाशिल सदस्यता वितरण, नविकरण पार्टी संरचनाको संयोजन सम्बन्धी विरोधपत्रमा उल्लेख गरिएको छ । पौडेल पक्षका अनुसार सभापति देउवाले महाधिवेशनलाई आफ्नो पक्षमा पार्न विधान विपरितका निर्णयहरु विधान विपरित रहेको भन्दै त्यस्ता कदमका विरोध गर्दै आउनुभएको भएपनि उनी पौडेल पक्षसँग सहमत हुन सक्नुभएको छैन । १३ औं महाधिवेशनमा सिटौलाको सहयोगमा देउवा सभापति निर्वाचित हुनुभएको थियो । भने पौडेल पराजित भएका थिए ।

कांग्रेसको महाधिवेशनबाट आउँदो फागुनमा गर्ने निर्णय पार्टीले पहिला नै गरिसकेको भएपनि कोरोना भाइरसका कारण केही कामहरु गर्न बाँकी रहेकाले एक दुई महिनापछि सार्न सिटौलाको सुझाव रहेको छ भने पौडेल पक्ष भने जसरी भएपनि फागुनमै महाधिवेशन गर्नुपर्ने अडानमा रहेको छ । नेता सिटौलाको अनुसार सबैको सहमतिमा कार्यतालिका संशोधन गरिएन भने नेतृत्वलाई प्रक्रिया विपरित जान अझै सहयोग पुग्ने भएकाले पौडेल पक्षलाई सहमतिमा आउन सिटौलाले आग्रह गरेको छ । यसरी प्रमुख प्रतिपक्षी दल आफैँ आन्तरिक द्वन्द्वमा फसेको हुनाले उसले सरकारका काम कारबाहीका बारेमा केही बोल्न सकेको छैन । अर्थात कांग्रेस आफैँमा अल्मलिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports