नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भरतपुरमा सत्ता गठबन्धनले संयुत्त आमसभामा सम्बोधन गर्ने

507
shares

चितवन ।सत्तारुढ पाँच दलीय गठबन्धनले भरतपुर महानगरपालिकामा २२ वैशाखमा संयुक्त आमसभा गर्ने भएको छ । आमसभालाई सत्तारुढ गठबन्धनमा रहेका दलका शीर्ष नेताले सम्बोधन गर्ने तय भएको नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र अधिकारीले जानकारी दिए ।

भरतपुरको हाकिम चोकमा हुने सभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसभा सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्ने छन् ।

तीन पूर्व प्रधानमन्त्री सँगै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, नेता शेखर कोइराला, जसपा र राष्ट्रिय जनर्मार्चाका नेताहरुले पनि उक्त आमसभामा सम्बोधन गर्ने छन् ।

भरतपुर महानगरमा सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा माओवादी केन्द्रकी रेनु दाहाल प्रमुखको उम्मेदवार छिन् । भरतपुर महानगरलाई सत्ता गठबन्धन र प्रतिपक्षी नेकपा एमालेले प्रतिष्ठाको विषय बनाएको छ ।

 

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports