नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आईजीपी बढुवामा असन्तुष्टि जनाउँदै विदा लिएका एआईजी थापा काममा फर्किए

494
shares

काठमाडौं । सरकारले धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरेपछि असन्तुष्टि जनाउँदै विदामा बसेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सहकुल बहादुर थापा काममा फर्किएका छन् । तेस्रो नम्बर वरीयताका एआईजी आईजीपी बनाएको भन्दै एआईजी विश्वराज पोखरेल र सहकुल बहादुर थापाले विदा लिएका थिए । पोखरेलको एक महिना र थापाको १० दिन विदा निवर्तमान प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले स्वीकृत गरिदिएका थिए ।

तर सोमबार गृहमन्त्री बालकृष्ण खाण, गृहसचिव टेकनारायण पाण्डे र प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह सँग भेट गरेपछि उनी काममा फर्किन सहमत भएका हुन् । निर्वाचन सेलको कमाण्डर रहेका थापा चुनावको मुखमा विदा बस्दा असर पुग्ने निष्कर्ष सहित उनलाई काममा फर्किन भनिएको थियो । एआईजी थापाका अनुसार बुधबार बाट उनले प्रहरी प्रधान कार्यालयको कार्य विभाग हाजिर गर्नेछन् । मंगलबार सार्वजनिक विदा भएकाले घर बाट निर्वाचन सम्बन्धी नियमित रिपोर्टिङ लिइरहेको प्रहरी प्रधान कार्यालय स्रोतले बतायो । स्रोतले भन्यो, ‘सरकारी विदा भएकाले उहाँ आज कार्यालय आउनु भएन, तर घर बाटै नियमित रिपोर्टिङ लिने र ब्रिफिङ गर्ने काम गरिरहनु भएको छ ।’

एआईजी पोखरेलले चाहिँ सर्वोच्च अदालतमा सरकारको निर्णय विरुद्ध रिट निवेदन दिएका छन् । रिट माथि बुधबार सुनुवाइ हुँदैछ । आफू वरियतामा अगाडि रहे पनि सरकारले अन्याय गरेको उनको दाबी छ । दोस्रो नम्बर वरियताका थापाले पनि अदालत जाने बताएका थिए । तर गृहमन्त्री सँग भेट गरेपछि नियमित काममा फर्किएका हुन् । गृहसचिव पाण्डेले चाहिँ सरकारले कार्यक्षमता र दक्षताको मूल्यांकनको आधारमै सिंहलाई आईजीपीमा बढुवा गरिएको बताएका छन् । उनले भनेका छन्, ‘सँगै भर्ना भएका हुनाले ज्येष्ठता भन्ने कुरा हुँदैन, एउटै ब्याचका योग्य मध्ये बाट सिंहलाई आईजीपी बनाइएको हो ।’

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports