आज बिराटनगरमा कांग्रेस आमसभा प्रधानमन्त्रीले सम्बोधन गर्ने
वि.सं.२०७९ वैशाख २१ बुधवार ०७:२८
shares

काठमाडौं ।नेपाली कांग्रेसले आज मोरङको विराटनगरमा चुनावी आमसभा गर्ने भएको छ। प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री विश्वप्रकाश शर्मा लगायतले चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

विराटनगर महानगरपालिकामा गठबन्धन बाट कांग्रेसका नागेश कोइराला मेयर उम्मेदवार छन्। कांग्रेसले साताव्यापी चुनावी आमसभा आजदेखि सुरू गर्दैछ। वैशाख २७ भित्र कांग्रेसले देशका १० सहरमा आमसभा गर्ने बताएको छ।






































