२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आईजीपी नियुक्ती बिरूद्धको रिट निबेदन न्यायाधिस माथेमाको एकल इजालसमा सुनुवाई हुने

806
shares

काठमाडौ ।प्रहरी महानिरीक्षक नियुक्ति विरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदन न्यायाधीश सुष्मालता माथेमाको इजलासमा परेको छ । न्यायाधीश माथेमाको एकल इजलासमा बुधबार रिट निवेदन माथि सुनुवाइ हुने गरी पेसी तोकिएको हो ।

मन्त्रिपरिषद्ले नेपाल प्रहरीको २९ औँ आईजीपीमा धिरजप्रताप सिंहलाई नियुक्त गरेपछि असन्तुष्ट भएका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले वैशाख १९ मा सर्वोच्चमा रिट दायर गरेका हुन् । एआईजी पोखरेलले सिंहलाई आईजीपी नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयलाई चुनौती दिँदै रिट निवेदनमा परमादेश माग गरेका छन् । नवनियुक्त महानिरीक्षक सिंहले पद बहाली गरिसकेका छन् भने उनको नियुक्तिलाई लिएर असन्तुष्ट रहेका पोखरेल भने एक महिना लामो बिदामा छन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports