kumari
stcnepal

सरकारी नियम मन्त्रीबाटै ठाडै उल्लंघन, प्रधानमन्त्री मौन

काठमाडौ । प्रधानमन्त्री केपी ओलीले आफूँ दोस्रो पटक प्रधानमन्त्री बन्दा ‘समृद्ध नेपाल सुखी नेपाली’ र भ्रष्टाचार आफूपनि नगर्ने र अरुलाई पनि गर्न नदिने प्रतिवद्धता व्यक्त गर्नुभएको भएपनि सरकारकै मन्त्रीहरु भ्रष्टाचारमा फसेका छन् । सरकारका उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले सञ्चालन गरेका उद्योगहरु पछिल्लो समयमा विवादको घेरामा तानिकएका छन् । दुगडको स्पाइस फुड प्रोडक्टबाट टेबल नुन उत्पादन गरी बजारमा महंगो मूल्यमा विक्रि वितरण गरिँदै आएको छ । एक सय ग्राम नुनको मूल्यमा रु. ३५ तोकिएको छ ।

जबकि साल्ट टेडिङ्ग कर्पोरेशनले एक किलो नुन रु. २० मा विक्रि वितरण गर्दै आएको छ । आजका मितिसम्म साल्ट टेडिङ्ग बाहेक अन्य कसैले नुनको व्यापार गर्न पाएका छैनन् । आयोडिन नुन ल्याएर नेपाल भरमा विक्रि वितरण गर्ने एकमात्र आधिकारीक संस्था साल्ट टेडिङ्ग बाहेक अन्य कसैले नुनको विक्रि वितरण गर्नु अपराधिक कार्य हो । राज्यमन्त्रीको उद्योगले नुनको विक्रि वितरण गर्ने र उत्पादन गर्ने अधिकार नेपालको प्रचलित कानुन बमोजिम कहिँ कतैबाट अनुमति नलिएको हुनाले मन्त्रीबाटै ठगी धन्दा चलाइएको छ ।

राज्यमन्त्री दुगडले तत्कालिन नेकपा एमालेलाई मोटो रकम दिएर समानुपातिक कोटामा सांसद बन्न सफल भएका र प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीसँग राम्रो सम्बन्ध भएकै कारण उनी उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बन्न सफल भएका थिए । उनैको मन्त्रालय अन्र्तगत रहेको उपभोक्ता हित संरक्षण विभागले राज्यमन्त्री दुगडको उद्योगलाई कारबाही गर्नु कुनै चासो देखाएको छैन । विभिन्न सञ्चार माध्यममा राज्यमन्त्रीको उद्योगले विनादर्ता र अधिकार नै नपाएको उजुरी वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र खाद्य अनुसन्धान विभागमा उजुरी परेपनि विभागका महानिर्देशकहरु चुपचाप बसेका छन् ।

राज्यमन्त्री दुगडले नुनको व्यापार गर्न साल्टसँग मौखिक सहमति भएको बताएका भएपनि साल्टले त्यसलाई अस्वीकार गरेको छ । साल्टको ब्राण्डलाई कसैले अनाधिकृत रुपमा प्रयोग गर्न नपाउने कानुनी व्यवस्था रहेको भएपनि सम्बन्धित मन्त्रालयका राज्यमन्त्रीले त्यसको दुरुपयोग गरेको हुँदा प्रधानमन्त्री ओलीको सम्वृद्ध नेपाल र सुखी नेपालीको नारा अनि भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न भन्ने उद्घोषलाई ओली सरकारकै राज्यमन्त्रीले उल्लंघन गर्दा प्रधानमन्त्री ओली किन चुप ?

पछिल्लो समयमा ओली सरकारले कुशासनलाई प्राथमिकतामा राखेको छ । जसको प्रत्यक्ष प्रमाण हो मन्त्रीबाटै ठगी हुनु । एउटा मान्छेले ज्यान मार्दा एउटा मान्छेमात्र मार्दछ तर म्याद सकिएका सामानहरुको विक्रि वितरण र आफूलई हुँदै नभएको अधिकार प्रयोग गरी सामान उत्पादन गरेर विक्रि वितरण गर्न हजारौं उपभोक्ताहरु जोखिममा पर्ने भएकाले सरकारकै नियम उल्लंघन गर्ने राज्यमन्त्री दुगडलाई तत्काल बर्खास्त गरी उनीमाथि कानुनी कारबाही हुनुपर्दछ ।

footer