२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सरकारी नियम मन्त्रीबाटै ठाडै उल्लंघन, प्रधानमन्त्री मौन

871
shares

काठमाडौ । प्रधानमन्त्री केपी ओलीले आफूँ दोस्रो पटक प्रधानमन्त्री बन्दा ‘समृद्ध नेपाल सुखी नेपाली’ र भ्रष्टाचार आफूपनि नगर्ने र अरुलाई पनि गर्न नदिने प्रतिवद्धता व्यक्त गर्नुभएको भएपनि सरकारकै मन्त्रीहरु भ्रष्टाचारमा फसेका छन् । सरकारका उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले सञ्चालन गरेका उद्योगहरु पछिल्लो समयमा विवादको घेरामा तानिकएका छन् । दुगडको स्पाइस फुड प्रोडक्टबाट टेबल नुन उत्पादन गरी बजारमा महंगो मूल्यमा विक्रि वितरण गरिँदै आएको छ । एक सय ग्राम नुनको मूल्यमा रु. ३५ तोकिएको छ ।

जबकि साल्ट टेडिङ्ग कर्पोरेशनले एक किलो नुन रु. २० मा विक्रि वितरण गर्दै आएको छ । आजका मितिसम्म साल्ट टेडिङ्ग बाहेक अन्य कसैले नुनको व्यापार गर्न पाएका छैनन् । आयोडिन नुन ल्याएर नेपाल भरमा विक्रि वितरण गर्ने एकमात्र आधिकारीक संस्था साल्ट टेडिङ्ग बाहेक अन्य कसैले नुनको विक्रि वितरण गर्नु अपराधिक कार्य हो । राज्यमन्त्रीको उद्योगले नुनको विक्रि वितरण गर्ने र उत्पादन गर्ने अधिकार नेपालको प्रचलित कानुन बमोजिम कहिँ कतैबाट अनुमति नलिएको हुनाले मन्त्रीबाटै ठगी धन्दा चलाइएको छ ।

राज्यमन्त्री दुगडले तत्कालिन नेकपा एमालेलाई मोटो रकम दिएर समानुपातिक कोटामा सांसद बन्न सफल भएका र प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीसँग राम्रो सम्बन्ध भएकै कारण उनी उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बन्न सफल भएका थिए । उनैको मन्त्रालय अन्र्तगत रहेको उपभोक्ता हित संरक्षण विभागले राज्यमन्त्री दुगडको उद्योगलाई कारबाही गर्नु कुनै चासो देखाएको छैन । विभिन्न सञ्चार माध्यममा राज्यमन्त्रीको उद्योगले विनादर्ता र अधिकार नै नपाएको उजुरी वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र खाद्य अनुसन्धान विभागमा उजुरी परेपनि विभागका महानिर्देशकहरु चुपचाप बसेका छन् ।

राज्यमन्त्री दुगडले नुनको व्यापार गर्न साल्टसँग मौखिक सहमति भएको बताएका भएपनि साल्टले त्यसलाई अस्वीकार गरेको छ । साल्टको ब्राण्डलाई कसैले अनाधिकृत रुपमा प्रयोग गर्न नपाउने कानुनी व्यवस्था रहेको भएपनि सम्बन्धित मन्त्रालयका राज्यमन्त्रीले त्यसको दुरुपयोग गरेको हुँदा प्रधानमन्त्री ओलीको सम्वृद्ध नेपाल र सुखी नेपालीको नारा अनि भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न भन्ने उद्घोषलाई ओली सरकारकै राज्यमन्त्रीले उल्लंघन गर्दा प्रधानमन्त्री ओली किन चुप ?

पछिल्लो समयमा ओली सरकारले कुशासनलाई प्राथमिकतामा राखेको छ । जसको प्रत्यक्ष प्रमाण हो मन्त्रीबाटै ठगी हुनु । एउटा मान्छेले ज्यान मार्दा एउटा मान्छेमात्र मार्दछ तर म्याद सकिएका सामानहरुको विक्रि वितरण र आफूलई हुँदै नभएको अधिकार प्रयोग गरी सामान उत्पादन गरेर विक्रि वितरण गर्न हजारौं उपभोक्ताहरु जोखिममा पर्ने भएकाले सरकारकै नियम उल्लंघन गर्ने राज्यमन्त्री दुगडलाई तत्काल बर्खास्त गरी उनीमाथि कानुनी कारबाही हुनुपर्दछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports