विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

तालमेल पनि थरी थरीका कहिँ नभएको जात्रा हाँडिगाउँमा

546
shares

 

काठमाडौ । पाँच दलीय गठबन्धनमा रहेका दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जमोर्चाले स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर ७ सय ५३ वटै तहमा जाने उद्घोष गरेका भएपनि सबै तहमा गठबन्धन गर्न उनीहरु असफल भएका छन् । गठबन्धनमा रहेका दलहरुले आफ्नो गठबन्धन बाहिरका दलहरु सँग तालमेल नगर्ने निर्णय गरेका भएपनि त्यो निर्णय निर्णयमै सिमित भएको छ ।
नेकपा एमाले बलियो रहेको स्थानीय तहमा उनीहरुले अवस्था हेरेर तालमेल गरेका छन । त्यसको प्रत्यक्ष प्रमाण हो दमक नगरपालिका दमक नगरपालिकामा उनीहरुले राप्रपासँग गठबन्धन गरेर नेकपा एमालेलाई पराजित गराउने रणनीति लिएका छन् भने राप्रपा बलिो रहेको झापाकै कचनकवल गाउँपालिकामा राप्रपालाई पराजित गर्न उनीहरुले नेकपा एमालेसँग समेत तालमेल गरेका छन् ।
मुलुकभरका कपितय स्थानीय तहमा विभिन्न खालका गठबन्धन भएका छन् । कतिपय पालिकाहरुमा नेकपा एमाले र माओवादी केन्द्रको तालमेल भएको छ भने कतिपय ठाउँमा नेकपा एमाले र नेकपा एकीकृत समाजवादी पार्टीबीचमा पनि तालमेल भएको छ । यसरी राजनीतिक दलहरुले आ आफ्नो स्वार्थ अनुसार तालमेल गर्नु भनेको पार्टीको सिद्धान्त र विचारलाई तिलाञ्जली दिनु नै हो । राजनीतिक दलहरुले पार्टीगत स्वार्थ र जसरी भएपनि सत्तामा पुग्ने रणनीति लिएका हुनाले राजनीतिक दलहरु प्रति जनताको आकर्षण घट्दै गएको छ ।
स्वच्छ प्रतिस्पर्धा गर्नुको बदला कुनै विचार र सिद्धान्त नै नमिल्ने दलहरुले गठबन्धन गरेर जसरी भएपनि सत्तामा पुग्ने रणनीति लिनु भनेको सत्ता स्वार्थ बाहेक अन्य केही हुन सक्दैन । राजनीतिले समाजलाई डो¥याउन सक्नुपर्दछ । के अहिलेको राजनीतिले नेपाली समाजलाई डो¥याउन र एकतावद्ध बनाउन सक्छ त ? अहिलेको प्रश्न भनेको यही हो ।
पाँच दलीय गठबन्धनले एउटा राजनीतिक दललाई पराजित गर्न गठबन्धन नै गर्नुपर्ने आवश्यकता किन प¥यो ? के राजनीतिक दलहरु एक्लाएक्लै निर्वाचनमा गएर आफ्नो नीति, सिद्धान्तलाई जनताले विश्वास गर्न सक्ने वातावरण किन बनाउन सकेनन् ? कांग्रेसको चुनाव चिन्हमा माओवादीको चुनाव चिन्हमा आस्था राख्ने जनताले हसिँया हथौडाको बदलामा रुखलाई मतदान गर्नुपर्ने र अनि हँसिया हथौडाका समर्थकहरुले रुखमा मतदान गर्नुपर्ने अवस्था कसरी सिर्जना गरियो ? के यो सिद्धान्त र विचार अनुसार भयो त ?
गठबन्धन भनेको नीति, सिद्धान्त र विचार मिल्ने दलहरुसँग मात्र हुन्छ यो विश्वव्यापी सिद्धान्त नै हो । तर हामीकहाँ भने सत्तालाई पहिलो प्राथमिकतामा राखेर नीति सिद्धान्त र विचार नमिल्नेहरुसँग गठबन्धन गरिएको हुनाले अहिले बनाइएको गठबन्धन अप्राकृत्तिक गठबन्धन नै हो । अप्राकृत्तिक गठबन्धनको परिणाम पनि अप्राकृत्तिक नै आउन सक्छ र आउनुपर्दछ । सत्तालाई प्राथमिकतामा राख्नु भन्दा जनताको सेवा सुविधालाई ध्यानमा राखेर दलहरुले काम गरेका भए अप्राकृत्तिक गठबन्धन बनाउनु पर्ने अवस्था नै आउन सक्ने अवस्था नै रहँदैन ।
पाँच दलीय गठबन्धनका नेताहरुले नेकपा एमालेलाई पराजित गर्न गठबन्धन गर्नुपरेको बताइरहेका छन् । तर उनीहरुले किन र के का लागि नेकपा एमाले बलियो अवस्थामा पुग्यो भनेर कहिल्यै नसाँेचेको र सो अनुरुपको कार्य गरेको देखिएको छैन । प्रधानमनत्री शेर बहादुर देउवा सर्बोच्च अदालतको परमादेशबाट प्रधानमनत्रीमा नियुक्त भएका हुन् तर तिनै प्रधानमन्त्री देउवा र सत्ता गठबन्धनले त्यही सर्बोच्च अदालतको आदेशलाई पालना नगरी सरुवा बढुवा गर्दै आएका हुनाले उनीहरुले नेकपा एमालेलाई प्रतिगमनकारी र संविधान विरोधीको संज्ञा दिनु कति उचित हुन्छ ? राष्ट्र बैकका गर्भनरलाई जबर्रजस्ती हटाउने प्रयास किन गरियो ? प्रहरी महानिरीक्षक बढुवामा किन अदालतको आदेशको पालना गरिए ? यी सबै कारणहरुले गर्दा यदि नेकपा एमाले प्रतिगमनकारी हो भने पाँच दलीय गठबन्धन पनि प्रतिगामी नै हो भन्न करै लाग्छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports