विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बेलबारी नगरपालिकाका राप्रपाका मेयरको उम्मेदवारको गाडीमा आगजनी

520
shares

विराटनगर ।मोरङको बेलबारी नगरपालिकाका मेयरका उम्मेदवारको सवारीसाधनमा आगजनी भएको छ। राप्रपाका मेयर उम्मेदवार खेमप्रसाद गौतमको घरमा राखिएको बा १२ च ९३८४ नम्बरको कारमा आगजनी भएको हो। जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक एवं प्रहरी प्रमुख शान्तिराज कोइरालाले शुक्रबार बिहान करिब २ बजे आगजनी भएको जानकारी दिए।

गौतमको सवारी आगजनीमा शंकास्पद एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। आगजनीको खबर पाए सँगै इलाका प्रहरी कार्यालय बेलबारी बाट प्रहरीको टोली गौतमको घर पुगेको थियो। बेलबारीका प्रहरी निरीक्षक खगेन्द्र धमलाले घटनामा शंकास्पद भएका मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ का सुवास पाण्डे पक्राउ परेको जानकारी दिए। करिब २८ वर्षीय पाण्डेले पेट्रोल छर्किएर कारको अगाडि र पछाडिको भागमा आगो लगाएको सिसीटिभी क्यामेरा फुटेजमा देखिएको प्रहरीले जनाएको छ।

प्रहरीले सिसिटिभी फुटेजका आधारमा पाण्डेलाई नियन्त्रणमा लिएकाे हाे। मेयरका उम्मेदवार गौतमले राप्रपाको लहर देखेर पराजित मानसिकता भएकाहरूले सुनियोजित ढंग बाट आगजनी गराएको आराेप लगाए। यस घटना बाट पार्टी र पार्टीका कार्यकर्ता नअत्तालिएको बताउँदै उनले निर्वाचनमा पार्टीलाई जनताले प्रस्ट मत दिने दाबी गरे। आगजनी बाट कारको अगाडि र पछाडिको केही भागमा क्षति पुगेको छ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports