linktrix Long Ad
Salt Trading Long Ad

जेष्ठदेखि शुक्रबार पनि सेयर बजार खुल्ने

637
shares

काठमाडौँ – साताको दुई दिन (शुक्रबार र शनिबार ) बन्द हुँदै आएको नेपाली सेयर बजार अबदेखि शुक्रबार पनि खुल्ने भएको छ। नेपाल धितोपत्र बोर्डका अनुसार जेठ महिना देखि देखि शुक्रबार पनि सेयर बजार खुल्ने भएको छ।

शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको पुँजी बजार सम्बन्धी छलफलमा धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले यस्तो जानकारी दिएका हुन्। उनले यसअघि शुक्रबार बन्द हुँदै आएको सेयरबजार सञ्चालनका लागि बोर्डले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई निर्देशन दिईसकेका जानकारी दिए।

सरकारले २०७९ जेठ १ गते देखि लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सोही निर्णय अनुसार नेप्सेले पनि आइतबार बिदा दिएर त्यसको साटो शुक्रबार सेयर कारोबार खोल्ने विषयमा छलफल गर्दै आएको थियो।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports