प्रचण्डलाई ओलीको जवाफ : अब धम्कीले जनताले मतदान गर्दैनन
वि.सं.२०७९ वैशाख २४ शनिवार ०७:२८
shares

रौतहट। नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको धम्कीले जनता नडराउने बताएका छन् ।
बिहीबार रौतहटमा एमालेको वृहत चुनावी सभालाई सम्बोधन गर्दै अब धम्कीमा डराएर जनताले भोट नहाल्ने बताएका छन् ।
प्रचण्डले चितवनको भरतपुरमा आयोजित आमसभामा भरतपुर महानगरपालिकाको गठबन्धन उमेदवार रेनुलाइ भोट नहाले देशमा दुर्घटना हुने भन्ने धम्की दिएको स्मरण गदै ओलीले भने ‘अब त्यस्तो धम्कीले जनताले भोट हाल्दैन ।’




































