kumari
stcnepal

आज केहि प्रदेशहरूमा मेघ गर्जन सहित बर्षाको सम्भावना

काठमाडौं। आज मुलुका चार प्रदेशमा दिउँसो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो गण्डकी, बागमती, मधेश र प्रदेश १ मा मेघ गर्जन सहित वर्षा हुने अनुमान गरिएको छ।

हाल नेपालमा स्थानीय वायु, पश्‍चिमी न्यून चापीय प्रणाली र भारतको मध्य प्रदेश देखि तमिलनाडु सम्म बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव छ। हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। देशको थोरै स्थानमा मेघ गर्जन र चट्याङ सहित वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

भोलि आइतबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको थोरै स्थानमा र बाँकी भू-भागका एक/दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै सोमबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

 

footer