२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते मुलुकभरमै भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज केहि प्रदेशहरूमा मेघ गर्जन सहित बर्षाको सम्भावना

962
shares

काठमाडौं। आज मुलुका चार प्रदेशमा दिउँसो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो गण्डकी, बागमती, मधेश र प्रदेश १ मा मेघ गर्जन सहित वर्षा हुने अनुमान गरिएको छ।

हाल नेपालमा स्थानीय वायु, पश्‍चिमी न्यून चापीय प्रणाली र भारतको मध्य प्रदेश देखि तमिलनाडु सम्म बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव छ। हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। देशको थोरै स्थानमा मेघ गर्जन र चट्याङ सहित वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

भोलि आइतबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको थोरै स्थानमा र बाँकी भू-भागका एक/दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै सोमबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports