२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भोली अध्यक्ष ओलीले भरतपुर बाट सत्ता गठबन्धनलाई जवाफ दिने

897
shares

चितवन ।सत्ता गठबन्धनले भरतपुरमा आमसभा गरेर रेनु दाहाल नजिते मुलुक दुर्घटनामा पर्ने चेतावनी दिए लगत्तै नेकपा एमालेले पनि भरतपुरमा वृहत जनसभा गर्ने भएको छ ।

आगामी आइतबार भरतपुरका क्याम्पाचौरमा हुने जनसभालाई सम्बोधन गर्न अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु चितवन जाने भएका छन् । भरतपुरको चुनावी अभियानको कमाण्ड एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले गरिरहेका छन् । गठबन्धनकी उम्मेदवार रेनु दाहाल सँग एमालेका बिजय सुवेदीले प्रतिस्पर्धा गर्दैछन् ।

भरतपुरको जनसभा बाट गठबन्धनलाई ओलीले जवाफ दिने तयारी भइरहेको चितवन एमालेले जनाएको छ । सत्ता गठबन्धनका नेताहरुले भरतपुरका जनता र कार्यकर्तालाई धम्की दिएर हिँडेकाले एमालेले त्यसको जवाफ दिने जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले बताए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports