प्रचण्डको धम्कीले देउवा थुरूरू : अध्यक्ष ओली
वि.सं.२०७९ वैशाख २४ शनिवार १५:००
shares

काठमाडौँ ।नेकपा एमाले इटहरीले गरेको चुनावी सभालाई सम्बोधन गर्दै एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई धम्काएको आरोप लगाएका छन् ।
दुई दिनअघि भरतपुरमा रेनु दाहाल नजिते मुलुक दुर्घटनामा जाने भन्ने प्रचण्डको अभिव्यक्ति प्रति टिप्पणी गर्दै ओलीले जनतालाई डर त्रास र धम्की नदिन चेतावनी समेत दिए । उनले भने ‘पुष्पकमल दाहालले दुर्घटनाको धाकधम्की नदिए हुन्छ,’ ‘अन्तिममा उनले चिसै पानीले नुहाउने हो ।’ कांग्रेस सभापति शेरबहादुर देउवा जस्तो अरू धम्कीले नडराउने समेत उनले बताए ।
‘हिजो पनि धम्की दिनु भए जस्तो छ, प्रचण्डको छोरीलाई मैले उम्मेदवार बनाएको हो, उहाँले होइन भनेर धामी बकेझैं बहकी रहनुभएको थियो,’ उनले भने ।





































