प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आरजु देउवा बिरूद्ध निर्वाचन आयोगमा उजुरी, होला त कारवाही ?

663
shares

काठमाडौं ।नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवा विरूद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । हरिशप्रसाद अवस्थी नामका मतदाताले प्रधानमन्त्री शेरबहादुर देउवाको पत्नी समेत रहेकी आरजु विरुद्ध उजुरी दिएका हुन् । बिहीबार स्थानीय तह निर्वाचनको प्रचारको क्रममा ‘कांग्रेसको मेयर भएको ठाउँमा मात्र पैसा पठाउने’ भनी दिएकी अभिब्यक्तिले मतदाता र करदाताको गम्भीर अपमान भएको भन्दै अवस्थीले उजुरी दिएका हुन् ।

उजुरीमा भनिएको छ, ‘नेपाली कांग्रेस नेतृ तथा प्रधानमन्त्री पत्नी आरजु राणा देउवाले स्थानीय तह निर्वाचनको प्रचारका क्रममा कांग्रेसको मेयर भएको ठाउँमा मात्र पैसा पठाउने भनी दिएको अभिव्यक्तिले मतदाता र करदाताको गम्भीर अपमान भएको छ ।’ जनताको कर बाट सृजित राज्यको साधनस्रोत राणाले आफ्नो इच्छानुसार परिचालन गर्न नपाउने उल्लेख गर्दै उजुरीमा थप भनिएको छ, ‘राज्यको साधनस्रोत परिचालन गर्ने ब्यवस्था संविधान र कानून अनुसार हुने हो । निश्चित दलको मेयर भएको ठाउँमा मात्र राज्यको स्रोत उपलब्ध गराउने कुरा अन्ययपूर्ण हुन्छ ।’

नेतृ आरजुले गृहजिल्ला डडेल्धुरामा आयोजित चुनावी कार्यक्रममा मेयर नजित्ने नगरपालिकामा बजेट नपठाइने बताएकी थिइन् । डडेल्धुरामा नेपाली कांग्रेस र नेपाली कांग्रेस ९ वीपी का उम्मेदवार बीच प्रतिस्पर्धा हुने देखिएको छ । नेतृ आरजुले भनेकी थिइन्, ‘जहाँ कांग्रेसको मेयर हुन्न त त्यहाँ हामी किन पैसा पठाउँछौं । यो कुरा ध्यान दिएर करूवा, सरूवा, हरुवा पार्टीलाई भोट नहाल्नुस् । जहाँ कांग्रेसको मेयर नै छैन भनेत हामी किन पैसा पठाउँछौं ।’

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports