एमसीसीले सबैभन्दा बढी फाइदा बुटवल देखि दाङ सम्मका जनतालाई हुने : प्रधानमन्त्री देउवा
वि.सं.२०७९ वैशाख २४ शनिवार १५:०७
shares

बुटवल । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसीले सबैभन्दा बढी फाइदा बुटवलका वासिन्दालाई हुने बताएका छन् । सत्तारुढ पाँच दलीय गठबन्धनले शनिबार बुटवलमा गरेको चुनावी सभामा प्रधानमन्त्री देउवाले एमसीसी परियोजना अन्तर्गत बुटवल देखि दाङ सम्मको सडक विस्तार हुने र विद्युत प्रशारण लाइन बन्ने भएकाले त्यस बाट सबैभन्दा बढी फाइदा बुटवल देखि दाङ सम्मका जनतालाई हुने बताएका हुन् ।
प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी शर्मा ओली सरकारमा हुँदा अरु दल र जनता माथि अत्याचार गरेका र प्रतिनिधि सभा दुई पटक सम्म विघटन गरेकाले अहिलेको गठबन्धन बनेको बताए । ‘ओलीले अत्यन्तै ठूलो अत्याचार गरेपछि अहिलेको गठबन्धन बनेको हो’ देउवाले भने, ‘विरोध सहन नसकेर संसद भंग गरे, संविधानमा भंग गर्न पाउने व्यवस्थै छैन ।’
अदालतले संसद पुनर्स्थापना गरेपनि ओलीले चल्न नदिएको भन्दै प्रधानमन्त्रीले असन्तुष्टी जनाए । प्रधानमन्त्री देउवाले सुकुम्बासी र नागरिकताको समस्या आफ्नो नेतृत्वको सरकारले समाधान गर्ने पनि दाबी गरे ।






































