kumari
stcnepal

आफू सत्तामा रहँदा देशमा सैन्य आधार स्थापना गर्ने अमेरिकी माग सँग कहिल्यै सहमत नभएको : इमरान खान

काठमाडौं ।अविश्वासको प्रस्ताव मार्फत हटाइएका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफू सत्तामा रहँदा देशमा सैन्य आधार स्थापना गर्ने अमेरिकी माग सँग कहिल्यै सहमत नभएको दोहो-याएका छन् । ​पूर्वक्रिकेटर समेत रहेका खान गत महिना संसद्मा अविश्वासको प्रस्ताव मार्फत् पदमुक्त भएका थिए ।

आफूलाई सत्ताच्युत गर्न अमेरिकाले षडयन्त्र गरेको उनले आरोप लगाउँदै आएका छन् । अविश्वासको प्रस्ताव बाट हट्ने उनी पाकिस्तानका पहिलो प्रधानमन्त्री हुन् । एक भिडियो सन्देशमा विदेशमा रहेका पाकिस्तानीहरूलाई सम्बोधन गर्दै खानले , अमेरिकाले ‘अफगानिस्तानमा सम्भावित आतंकवाद विरुद्ध प्रत्याक्रमण गर्न’ पाकिस्तानमा आधारहरू चाहेका र आफ्ना लागि सो प्रस्ताव बिल्कुल अस्वीकार्य भएको बताए ।

पाकिस्तानले अमेरिकी नेतृत्वमा भएको ‘आतंकवाद विरुद्धको युद्ध’मा ८० हजारले ज्यान गुमाएको र अझै पनि बलिदानको कदर नगरिएको भन्दै उनले त्यसको दोष अमेरिकी राजनीतिज्ञहरूलाई लगाए ।एजेन्सी

 

 

footer