विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आफू सत्तामा रहँदा देशमा सैन्य आधार स्थापना गर्ने अमेरिकी माग सँग कहिल्यै सहमत नभएको : इमरान खान

533
shares

काठमाडौं ।अविश्वासको प्रस्ताव मार्फत हटाइएका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफू सत्तामा रहँदा देशमा सैन्य आधार स्थापना गर्ने अमेरिकी माग सँग कहिल्यै सहमत नभएको दोहो-याएका छन् । ​पूर्वक्रिकेटर समेत रहेका खान गत महिना संसद्मा अविश्वासको प्रस्ताव मार्फत् पदमुक्त भएका थिए ।

आफूलाई सत्ताच्युत गर्न अमेरिकाले षडयन्त्र गरेको उनले आरोप लगाउँदै आएका छन् । अविश्वासको प्रस्ताव बाट हट्ने उनी पाकिस्तानका पहिलो प्रधानमन्त्री हुन् । एक भिडियो सन्देशमा विदेशमा रहेका पाकिस्तानीहरूलाई सम्बोधन गर्दै खानले , अमेरिकाले ‘अफगानिस्तानमा सम्भावित आतंकवाद विरुद्ध प्रत्याक्रमण गर्न’ पाकिस्तानमा आधारहरू चाहेका र आफ्ना लागि सो प्रस्ताव बिल्कुल अस्वीकार्य भएको बताए ।

पाकिस्तानले अमेरिकी नेतृत्वमा भएको ‘आतंकवाद विरुद्धको युद्ध’मा ८० हजारले ज्यान गुमाएको र अझै पनि बलिदानको कदर नगरिएको भन्दै उनले त्यसको दोष अमेरिकी राजनीतिज्ञहरूलाई लगाए ।एजेन्सी

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports