आठबासीका एमाले उम्मेदवारको गाडीमा आगजनी
वि.सं.२०७९ वैशाख २६ सोमवार ०७:४२
shares

सुर्खेत ।दैलेखको आठबीस नगरपालिकाको मेयरका उम्मेदवार तर्कबहादुर बडुवाल चढ्ने बा १९ च ५५७९ नम्बरको स्कार्पियो गाडीमा आगजनी भएको छ ।
चालक गाडी भित्रै सुतिरहेको समयमा आठबीस नगरपालिका– ४ राकम कर्णालीको खोलीबजार स्थित श्रृष्टि होलमा पार्क गरी राखिएको स्कार्पियोमा राति अज्ञात समूहले आगजनी गरेको हो ।
चालकले टायरमा आगो लागेको थाहा पाएपछि तत्काल गाडी चलाएर नजिकै रहेको खोलाको नहरमा पर्याएका थिए । जस कारण धेरै क्षति हुन भने पाएन ।घटना बारेमा प्रहरीले अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय राकम कर्णालीले जनाएको छ ।





































