विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमाले अध्यक्ष ओलीलाई जवाफ दिन कांग्रेसको आज पत्रकार सम्मेलन

559
shares

काठमाडौं ।नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको पछिल्लो अवस्था बारे जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गर्दैछ । चुनावको चार दिन मात्र बाँकी रहँदा कांग्रेसले आज सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्ने भएको हो ।

पत्रकार सम्मेलनमा आइतबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यलयमा पत्रकार सम्मेलन गरी र देशका विभिन्न ठाउँमा राखिएका चुनावी सभालाई सम्बोधन गर्ने क्रममा कांग्रेस माथि लगाएको आरोपहरुको खण्डन गरिनेछ । आइतबार मात्र प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन गरेका थिए ।

अहिले दल र उम्मेदवारहरु चुनावी मैदानमा व्यस्त रहेपनि तत्कालै जानकारी गराउन आवश्यक रहेको भन्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बिहान ११ बजे पत्रकार सम्मेलन गर्न लागेका हुन् । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार कांग्रेस केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन हुनेछ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports