विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आफै मतदान गर्न नसक्नेहरूले सहयोगी राख्न पाउने आयोगको निर्णय

611
shares

काठमाडौं ।आगामी वैशाख ३० गते हुने हुने स्थानीय तह सदस्य निर्वाचनमा दृष्टिविहीन, शारीरिक अशक्तता भएका वा अरू कुनै कारणले आफैं मत संकेत गर्न नसक्ने मतदाताले सहयोगी लैजान पाउनेछन्। उनीहरूले आफ्नो साथमा परिवारको अर्को सदस्यलाई मत संकेत गर्ने गोप्य स्थानमा आफू सँगै लैजाने अनुमति मागे मतदान अधिकृतले त्यस्तो व्यक्तिलाई अनुमति दिनेछन्।

‘दृष्टिविहीन वा शारीरिक अशक्त भएको मतदाताको साथमा परिवारको सदस्यलाई सँगै जान अनुमति दिँदा एक्लै मतदान कक्षमा गई आफैं मतदान गर्न असमर्थ व्यक्ति हो होइन एकीन गरी अनुमति दिनुपर्ने निर्वाचन आयोगले स्पष्ट पारेको छ। ‘दृष्टिविहीन मतदाता वा मतपत्रमा मत संकेत गर्न नसक्ने मतदाताको साथमा जाने व्यक्तिले मतदान अधिकृतको रोहवरमा सम्बन्धित मतदाताले भने बमोजिमको निर्वाचन चिन्हमा मत संकेत गर्नुपर्ने व्यवस्था रहेको छ’, आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

मतदान अधिकृतले मतदाताको मतपत्रमा निजको इच्छा अनुसार मत संकेत गर्ने काममा सहयोग गर्नुपर्ने व्यवस्था स्थानीय तह निर्वाचन निर्देशिकामा रहेको र सो व्यवस्था अनुसार कुनै मतदाताको कुनै एकाघरको परिवारको सदस्य उसको वारिस नभई सहयोगी मात्र भएको समेत आयोगले स्पष्ट पारेको छ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports