पूर्वसांसद श्रेष्ठ सहित पाँच जनालाई कांग्रेसले गर्यो निलम्वन
वि.सं.२०७९ वैशाख २९ बिहीवार १२:४८
shares

काठमाडौं ।स्थानीय तह निर्वाचनमा पार्टीको विधान र अनुशासन विपरीत काम गरेको भन्दै नेपाली कांग्रेसले चितवन घर भएका पूर्वसांसद भीमबहादुर श्रेष्ठ सहित थप पाँच जनालाई निलम्बन गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलका अनुसार भरतपुर महानगरपालिका-१ घर भएका पूर्वसांसद श्रेष्ठ सहित भरतपुर-४ का नेपाल तरुण दलका पूर्व केन्द्रीय सदस्य शम्भुप्रसाद अर्याल, भरतपुर-१६ का क्षेत्रीय प्रतिनिधि सूर्य बस्नेत, भरतपुर-२ का तरुण दलका पूर्व जिल्ला सचिव आनन्दराज राउत र भरतपुर-८ का क्रियाशील सदस्य डा. केशव पौडेललाई पार्टी सदस्य बाट निलम्बन गरिएको हो ।

































